अदालत
एनआरएन विवाद : आरके शर्माको रिट न्यायाधीश सुवेदीको इजलासमा पेसी
शुक्रबार, ०९ कात्तिक २०८१, ११ : ०४
काठमाडौँ । गैरआवासीय नेपालीहरूको संस्थाको विवादमा आरके शर्मा पक्षले सर्वोच्चमा दायर गरेको रिट न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा पेसी तोकिएको छ । शर्माका तर्फबाट कात्तिक ८ गते सर्वोच्चमा नयाँ रिट दर्ता गरिएको थियो ।
शर्मा समूहले एनआरएनएको अर्को समूहले परराष्ट्र मन्त्रालयले एकता महाधिवेशन गर्न पत्र पठाएको अवस्थामा साधारणसभा लगायतका गतिविधि गर्न लागेको र उक्त कार्य अवैधानिक हुने दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेको हो ।
शर्मा समूहले यसअघि सर्वोच्चले बद्री केसी समूहलाई काम गर्ने अधिकार नदिएको तर उनीहरुले त्यस विपरीत गतिविधि सञ्चालन गर्न खोजेकाले रोक्न अन्तरिम आदेश जारी गर्न माग रिटमा गरेका छन् ।
सर्वोच्चले आज सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेमा केसी समूहले कुनै पनि गतिविधि गर्न रोक लाग्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण