इन्स्टाग्राममा ऐश्वर्या रायका फलोअर १४ मिलियनभन्दा बढी, एक जनालाई मात्र उनको ‘फलो’
मुम्बई । बलिउड नायिका ऐश्वर्या रायको दाम्पत्य जीवनका बारेमा विभिन्न अड्कलवाजी भइरहेको छ । पति अभिषेक बच्चनसँग उनको सम्बन्ध विच्छेद हुन लागेको खबर केही महिनादेखि निरन्तर आइरहे पनि औपचारिक रूपमा सम्बन्धित परिवारले यसबारे केही खुलाएको छैन ।
बलिउडका महानायक अमिताभ बच्चनका छोरा अभिषेक र बुहारी ऐश्वर्यको दाम्पत्य जीवनलाई लिएर भारतीय मिडियाले अनेक अड्कलवाजी गर्दै आएका छन् । बच्चन परिवार कहाँ जान्छ, के बोल्छन् र उनीहरूको सामाजिक सञ्जालमा कस्तो फोटो र विषय समेटिन्छ भनेर चासो राख्ने धेरै छन् ।
यही क्रममा ऐश्वर्या रायको सामाजिक सञ्जाल इन्स्टाग्राम यतिबेला चर्चाको विषय बनेको छ । ऐश्वर्याको इन्स्टाग्राम अकाउन्टमा १४ मिलियनभन्दा धेरै फलोअर छन् । तर ऐश्वर्याले भने एक जनालाई मात्र फलो गरेकी छन् ।
बलिउडमा लामो समय काम गरेकी उनले आफ्ना साथी, सहकर्मी, निर्माता–निर्देशक लगायत अरु कसैलाई फलो नगरी आफ्नै पति अभिषेक बच्चनलाई मात्र फलो गरेकी छन् । ऐश्वर्याको इन्स्टाग्राम अकाउन्टमा उनका पारिवारिक तस्बिर देखिन्छ । यसले गर्दा पनि अभिषेक र उनको सम्बन्ध राम्रै रहेको बुझ्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण