निर्माणाधीन नालामा मृत अवस्थामा भेटिए युवक
सिराहा । सिराहाको मिर्चैया नगरपालिका ६ स्थित निर्माणाधीन नालामा एक युवकको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयादेखि करिब ५० मिटर पूर्व निर्माणाधीन लोक मार्गको नालामा सिराहाकै कल्याणपुर नगरपालिका १ अर्नमाका २८ वर्षीय नितेश कामतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी वीरेन्द्रकुमार पासमानले जानकारी दिए ।
स्थानीयले दिएको सूचनाको आधारमा प्रहरी पुग्दा उनको मृत्यु भइसकेको प्रहरीको भनाई छ । प्रहरीले आवश्यक प्रक्रिया पुरा गरी आजै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिराहा पठाएको छ । उनको मृत्युको कारण भने पोस्टमार्टम रिपोर्टपछि मात्र खुल्ने सूचना अधिकारी पासमानले जानकारी दिए ।
स्थानीयले शुक्रवार बिहान सोही नाला वरिपरि ९–१० बजे आसपासमा घुमिरहेको देखेको प्रहरीको भनाई छ । उनी नालामा झोक्राएर बसेको र पछि त्यही सुतेको स्थानीयको भनाई रहेको छ । सुतेको धेरै बेरसम्म नउठेपछि स्थानीयले प्रहरीलाई सूचना दिएका थिए ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी वीरेन्द्र कुमार पासमानले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण