एक कोसो केराको दाम १५ लाख डलर !
वासिङ्टन डीसी । एक कोसो केराको मूल्य कति पर्ला ? केही रुपैयाँ, सय वा हदै भए हजार । तर सन् २०१९ मा डक्ट टेपले टाँसिएको एउटा केरा १ लाख २० हजार डलरमा बिक्री भएको थियो । यो खबर सामाजिक सञ्जालमा यति भाइरल बन्यो कि कलाको अर्थबारे व्यापक चर्काचर्की भयो । तर कलाकार माउरिजियो क्याटलानको ‘कमेडियन’ शीर्षकको उक्त भाइरल कृतिमा गरेको लगानी अहिलेसम्म पनि उपर्युक्त साबित हुन सकेको छैन ।
यसैबिच शुक्रवार लिलाम गृह सूथबीले तीन संस्करणको सोही कलाकृतिको एउटा संस्करणको विक्री घोषणा गरेको छ । यसपटक सो कृतिले १० लाखदेखि १५ लाख डलरसम्म पाउने आशा गरिएको छ । यति ठुलो राशि खर्च गर्ने क्रेताले बदलामा डक्ट टेपको सानो टुक्रा र एउटा केरा पाउनेछन् अनि सो कृति जडान गर्ने निर्देशिका र सो कृतिको मौलिकतासम्बन्धी प्रमाणीकरण पाउनेछन् ।
टेप र केरा दुवै सक्कली नभएको सूथबीले सीएनएनसँग पुष्टि गरेको छ । ‘कमेडियन’ अवधारणात्मक कलाकृति भएको बताइएको छ । हरेक पटक भित्तामा टाँस्दाखेरि यसलाई फेरिन्छ । केहीले यसलाई अवधारणात्मक कृतिको धनी परम्परा भनेका छन् भने केहीले यसको मूल्यमाथि प्रश्न उठाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण