इजरायली आक्रमण रोकिएपछि इरानको हवाई सेवा पुनः सञ्चालनमा
शनिबार, १० कात्तिक २०८१, १२ : २०
बगदान । इरानले आफ्नो उडान सेवा पुन: सुरु गरेको छ । इरानको नागरिक उड्डयन मन्त्रालयले स्थानीय समय अनुसार बिहान ९ बजेदेखि सबै उडान सेवा सामान्य रूपमा सुरु भएको जनाएको हो ।
इजरायलले हवाई आक्रमण गरेपछि इरानले आफ्नो हवाई सेवा बन्द गरेको थियो । यसअघि इजरायली सेनाले इरानका ‘सैन्य लक्ष्यहरूमा सटिक आक्रमण’ गरिरहेको बताएको थियो ।
पछि इरानले पनि इजरायलले आफ्नो सैन्य अखडालाई लक्षित गरी हवाई आक्रमण गरेको बताएको थियो । इरानको वायुसेनाले इजरायलले तेहरान, खुजेस्तान र इलाम प्रान्तमा रहेको सैन्य शिविरलाई निशाना बनाएको जनाएको थियो ।
इजरायली सेनाले इरानका धेरै क्षेत्रमा आफ्नो सटीक हमला पूरा गरिसकेको र उसका विमानहरू सुरक्षित रूपमा फर्किएको भन्दै केही समयअघि इरानी रक्षा बल (आईडीएफ) ले एउटा विज्ञप्तिमार्फत जानकारी दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण