सरकार माओवादी पार्टी फुटाउने षड्यन्त्र लाग्यो : प्रचण्ड
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वमा बनेको सरकारले नेपाललाई लोडसेडिङबाट मुक्त गराएको बताएका छन् । आफूले जनार्दन शर्मालाई ऊर्जा मन्त्री र कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको प्रमुख बनाएपछि देशमा लोडसेडिङको अन्त्य भएको बताउँदै अध्यक्ष प्रचण्डले अहिलेको सरकार जनार्दन, कुलमान, नारायणकाजी र प्रचण्डको नाम सुनेर नै त्रसित भएको दाबी गरे ।
कुलमानलाई हटाउन षड्यन्त्र भइरहेको समेत उनले बताए । अध्यक्ष प्रचण्डले नेकपा माओवादी केन्द्रलाई समे फुटाउने षड्यन्त्र भइरहेको बताए । उनले भने, ‘माओवादीलाई समाप्त गर्न उनीहरू लागेका छन् । त्यसका लागि उनीहरू दिनरात लागेका छन् । प्रचण्ड रहेसम्म केही गर्न सकिँदैन भनेर उनीहरूलाई चिन्ता छ ।’ उनले जनतालाई पनि माओवादीलाई कसरी बलियो बनाउने भनी चिन्ता गरेको बताए ।
अध्यक्ष प्रचण्डले एक्लै चुनाव लड्ने घोषणा गर्दै बिचौलियाका पृष्ठपोषकसँग मिलेर चुनाव नलड्ने घोषणा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण