प्रधानमन्त्री ओलीको गल्ती स्वीकार गर्ने बानी छैन : प्रचण्ड
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली खास स्वभावको व्यक्ति रहेको बताएका छन् । शनिवार माओवादी केन्द्रले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘प्रधानमन्त्री ओलीको खास स्वभाव रहेको छ, उहाँलाई यो गर्नु हुँदैन भनेपछि त्यही गर्नुहुन्छ, उहाँले गल्ती स्वीकार गरी कहिले आत्मसमीक्षा गर्नुहुन्न ।’
अपराधलाई पनि उनले उत्सवको रूपमा मनाउँदै आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले कस्ता कस्ता अपराधहरू भएको कुरा १०० दिनको कार्य प्रगतिले सार्वजनिक हुँदा पुष्टि भएको बताए । प्रधानमन्त्री ओली पीडितलाई राहत कसरी दिने, आर्थिक सुशासन कसरी कायम गर्ने, जनतालाई सुरक्षा कसरी गर्ने जस्ता कुरा छाडेर दल विभाजन, कुलमान हटाउन, उपसभामुख हटाउनतिर लागेको दाबी अध्यक्ष प्रचण्डले गरे ।
अध्यक्ष प्रचण्डले भने, ‘अहिलेको सरकार भुटानी शरणार्थी, बाँसबारी छाला उद्योग काण्ड, गिरीबन्धु काण्डको कुरा गर्दैन बरु ती काण्डहरूलाई कसरी मिलाउन सकिन्छ त्यतापट्टी लागेको छ ।’
देशैभरि खबरदारी सभा गर्न कार्यकर्तालाई निर्देशन दिँदै अध्यक्ष प्रचण्डले सरकार त्यसमा पनि सचेत भएन भने विशेष अधिवेशनको माग गर्दै संसद्मा संवैधानिक ढङ्गले कुरा उठाउने बताए । त्यसले पनि सुध्रिएन भने विशाल विरोधसभा गर्ने चेतावनी समेत उनले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण