बेलबारी गोल्डकपको उपाधि झापा ११ को पोल्टामा
बेलबारी । आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सातौं संस्करणको उपाधि झापा ११ फुटबल क्लबले जितेको छ । शनिवार मोरङको बेलबारी–११ स्थित लक्ष्मी खेलमैदानमा भएको फाइनल खेलमा सलहेस फुटबल क्लब सिराहालाई टाई ब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै झापाले उपाधि रक्षा गरेको हो ।
उपाधिसँगै झापा ११ ले ८ लाख नगद सहित अढाई किलो चाँदीमा दुई तोला सुन जडित ट्रफि जितेको छ । यस्तै उप विजेता सलहेस फुटबल क्लब सिराहाले चार लाख नगद सहित ट्रफि प्राप्त गरेको छ ।
पाँच पाँच खेलाडीले टाइब्रेकर प्रहार गर्दा झापा ११ का पाँचै खेलाडीले गोल गरेका थिए । दिनेश उराव,अभिषेक गुरुङ, सौरभ लिम्बू, उत्सव राई र देवेन्द्र तामाङले झापाको जितको लागि गोल गरे ।
सलहेश फुटबल क्लव सिराहाका राम थापा ,आदित्य शाक्य र विप्लव गुरुङले गोल गर्दा समीर तामाङको प्रहार झापाका गोल रक्षक सन्दीप लिम्बूले बचाए । समीरको प्रहार सन्दीपले बचाएपछि सलहेश एउटा प्रहार नगर्दै पराजित भयो ।
यसअघि गोल रहित बराबरीमा मध्यान्तर अघिको ४५ मिनेट सकिएको थियो । ५० औँ मिनेटमा सलहेश फुटवल क्लब सिराहाका अजयी मार्टिनले हेडिङ मार्फत गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए ।
७१ औँ मिनेटमा झापाका प्रदीप बुढाथोकी जवाफी गोल गर्दै खेल बराबरीमा पुरयाएका थिए । १–१ गोलको बराबरी पछि हेर्न लायक भएको फाइनल प्रतिस्पर्धा निर्धारित ९० मिनेटमा थप कुनै गोल नभइ टुङ्गियो । त्यसपछि खेलको अन्तिम निर्णय सिधै टाई ब्रेकरबाट गरिएको हो ।
फाइनल खेलको म्यान अफ द म्याच अभिषेक गुरुङ घोषित भए । उनले नगद ५ हजार सहित ट्रफि प्राप्त गरे । यस्तै झापाका सन्दीप लिम्बू उत्कृष्ट गोल रक्षक,उत्सव राई उत्कृष्ट मीड फिल्डर,सन्तोष गुरुङ उत्कृष्ट कोच र देवेन्द्र तामाङ सर्वश्रेष्ठ खेलाडी घोषित भए । तामाङले १० हजार नगद सहित ट्रफि र अरु खेलाडीले जनही ७ हजार नगद र ट्रफि प्राप्त गरे ।
यस्तै सलहेश फुटवल क्लवका अजयी मार्टिनले सर्वाधिक गोलकर्ताको उपाधि प्राप्त गरे । उनले खेल अवधिमा पाँच गोल गरेका थिए । सलहेशका समीर तामाङले उत्कृष्ट फरर्वाडको उपाधिसँगै ७ हजार नगद र ट्रफि प्राप्त गरे ।
विजयी टिमका खेलाडीलाई कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, कोशी प्रदेशका सांसदहरू ज्ञानेन्द्र सुबेदी र मानबहादुर लिम्बू, बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राई र एन्फाका कोशी प्रदेश अध्यक्ष किशोर राई लगायतले ट्रफि,प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगिता एलएक्ससिटी फुटवल क्लब बेलबारी–११ ले कात्तिक २ गते देखि आयोजना गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षयरोगका कारण प्रत्येक वर्ष प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
-
अण्डाकार चित्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण