डीनएआईजी दुबईको नेपाल च्याप्टर गठनका लागि छलफल सुरु
काठमाडौँ । दुबई नेपालीज् इन्फ्युन्सल ग्रुप (डीएनआईजी–दुबई नेपाली प्रभावकारी समूह) को नेपाल च्याप्टर गठनबारे छलफल सुरु भएको छ । दुबईमा कार्यरत प्रभावशाली नेपालीहरु मिलेर गठन गरेको गैर लाभकारी संस्था डीएनआईजीले नेपाल च्याप्टर गठनका लागि छलफल सुरु गरेको हो ।
केही दिन अगाडि काठमाडौँमा एक छलफल गरिएको थियो । उक्त छलफलमा विभिन्न व्यवसायिक संस्थाहरुका प्रमुखहरु, युवा उद्यमीहरू, विभिन्न कलेजका विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो ।
उक्त छलफलमा विभिन्न व्यवसायिक क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
नेपालमा समेत समान विचारधारा भएका व्यक्तिहरूलाई संगठित गराउने उद्देश्यले नेपाल च्याप्टर गठन गर्न लागिएको संस्थाका संस्थापक मनोज मरहट्टाले जानकारी दिए । अब अर्को बैठकबाट नेपाल च्याप्टर गठन गरिने उनको भनाई छ ।
नेपालसँगै अष्ट्रेलिया, अमेरिका लगायतका अन्य देशमा रहेका नेपालीहरुले उक्त संस्थाप्रति चाँसो व्यक्त गर्दै आएका छन् । युएईमा रहेका नेपालीहरुलाई एक अर्कालाई सहयोग तथा व्यवसायिक विचार आदानप्रदान गर्ने उद्देश्यले खोलिएको थियो ।
यो नेपालीहरूको लागि यूएईमा पहिलो राजनीतिमुक्त व्यवसायिक संस्था हो । यूएईमा रहेका नेपाली समूदायमा व्यवसायिक विचार आदानप्रदान गर्नुका साथै विभिन्न खालका सहयोग आदान प्रदान गर्न खोलिएको मरहट्टाले बताए ।
छोटो समयमै संस्थामा ७०० भन्दा बढी सदस्यहरु आबद्ध भइसकेको उनको भनाइ छ । संस्थामा आबद्ध गराउनका लागि विभिन्न खालका चरणहरु पार गर्नुपर्ने व्यवस्था गरिएको छ । जसमा केही निश्चित प्रश्नहरू गरिने मरहट्टाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीको दुई गोल रद्द, पहिलो हाफमा आइभरी कोस्टको १–० को अग्रता
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण