चाडपर्व
गुन्डुका किसानलाई मखमली फूल टिप्न भ्याइनभ्याइ (तस्बिरहरू)
आइतबार, ११ कात्तिक २०८१, ०७ : ०९
भक्तपुर । हिन्दुहरूको दोस्रो महान् चाड तिहार नजिकिएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डुका किसानलाई मखमली फूल टिप्न र माला गाँस्न भ्याइनभ्याइ छ ।
बिहान शीतमा मखमली फूल टिप्न किसानहरू फूलबारीमा व्यस्त रहने गरेका छन् । मखमली फूलका लागि भक्तपुरको ताथली र गुन्डु प्रसिद्ध छन् ।
अधिकांशका बारीमा ढकमक्क मखमली फुलेका छन् । कतिपयले सयपत्री फूलको खेती गरेका छन् । मखमली फूलको माला बनाएर बेच्ने गरिएको भए पनि सयपत्री फूल मालाका साथै गुच्छा र खुला रूपमा पनि बेच्ने गरिन्छ ।
केही वर्षदेखि यस भेगका कृषकको मुख्य आयस्रोत मखमली फूल खेती बनेको छ । तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाब आयात गर्नुपरे पनि नेपाल मखमली, गोदावरी फूलमा आत्मनिर्भर बनिसकेको छ ।




















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण