फिलिपिन्समा बाढी र पहिरोमा मर्ने अनि बेपत्ता हुनेको संख्या कम्तिमा १३०
आइतबार, ११ कात्तिक २०८१, १० : ३८
मनिला । फिलिपिन्समा उष्णकटिबंधीय आँधीका कारण आएको बाढी र पहिरोमा परेर मर्ने र बेपत्ता हुनेको संखया झन्डै १३० पुगेको छ । शुक्रबार उत्तरपश्चिम फिलिपिन्समा ट्रामी आँधीले वितन्डा मच्चाउँदा झन्डै ८५ जनाको मृत्यु भएका थिए भने अरु ४१ जना हराइरहेका छन् ।
यसलाई यसवर्ष फिलिपिन्समा आएको सबैभन्दा विध्वंसकारी आँधी मानिएको त्यहाँको सरकारको विपद प्रतिक्रिया एजेन्सीले भनेको छ । मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
दर्जनौं प्रहरी, अग्निनियन्त्रक र अन्य आकस्मिक कर्मचारी कुकुरको साथमा शनिबार बातान्गास प्रान्तको तालिसेको शहरमा हराइरहेका गाउँलेहरूको खोजी गरिरहेका थिए । देशका केही हिस्सामा दुई महीनामा पर्ने पानी २४ दिनमै परेको बताइएको छ । हरेक वर्ष फिलिपिन्समा २० वटा जति आँधी आउने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण