प्रचण्डलाई लोहनीको प्रश्न– क्रान्ति रिसोर्टमा सेकुवा र ह्विस्की पिए जस्तो हो र ?
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वअर्थमन्त्री डा प्रकाशचन्द्र लोहनीले क्रान्ति सेकुवा र ह्विस्की पिएको जस्तो नभएको बताएका छन् । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रतिप्रश्न गरेका हुन् ।
‘माओवादी अध्यक्ष तथा भूपू प्रधानमन्त्री माननीय दाहालजीले फेरि एक थान क्रान्तिको नेतृत्व गर्ने आट छ भन्नुभएछ। के क्रान्ति भनेको कुनै खोला किनारको रिसोर्टमा बेलुका सेकुवा र ह्विस्की पिए जस्तो हो र ? क्रान्तिको लागि सरकारमा हुँदा या नहुँदा कमाएको भ्रष्टाचारको इतिहास बाहेक अब उहाँसँग कुनै सिद्धान्त छ र ?’, उनले प्रश्न तेर्स्याएका छन् ।
शनिबार माओवादीले काठमाडौँमा गरेको खबरदारी सभामा अध्यक्ष प्रचण्डले ७० वर्षको उमेर भएपनि फेरि क्रान्तिको नेतृत्व गर्ने चाहना भएको बताएका थिए । यस्तै लोहनीले प्रचण्डले क्रोनी पुँजीवादलाई सत्ताको हतियार बनाउनु भयो मार्क्सवाद र माओवादलाई जनता छक्क्याउने हतियारको रूपमा प्रयोग गरेको आरोप लगाए । राष्ट्रवादलाई विदेशी मित्र राष्ट्रको लागि सुविधाजनक रूपमा प्रयोग गर्ने घोषणा गरेकोमा पनि जवाफ फर्काएका छन् ।
‘अब उहाँहरूको लागि न मार्क्सवाद , न पुँजीवाद, न राष्ट्रवाद कुनै पनि काम न लाग्ने भएका छन् । सिर्फ सत्ताको आडमा ‘धनवाद’ मात्र सिद्धान्त भएको छ । यो आलोचना नभएर यथार्थता हो । त्यसकारण अब उहाँको नयाँ एक थान क्रान्ति विदेशीको लागी सुविधाजनक हुन सक्ला तर आम जनता को लागि अपमान मात्र हुनेछ’, लोहनीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण