प्रदर्शन
माइतीघरमा रास्वपाको प्रदर्शन र नाराबाजी, तस्बिरहरू
आइतबार, ११ कात्तिक २०८१, १६ : ०८
काठमाडौँ । सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार पनि काठमाडौँस्थित माइतीघर मण्डलमा प्रदर्शन र नाराबाजी गरेको छ ।
माइतीघरमा भेला भएका रास्वपा कार्यकर्ताले सरकारविरोधी प्लेकार्ड प्रदर्शन गर्नुका चर्को नाराबाजी गरेका थिए ।
सभापति लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेर पोखरा लगेर अनुसन्धान थालेपछि रास्वपाले दिनहुँजसो प्रदर्शन गर्दै आएको छ ।
शनिबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले सभापति लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै आन्दोलनलाई निरन्तरता दिने निर्णय गरे अनुसार आइतबार पनि उनीहरुले प्रदर्शन गरेका हुन् ।

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण