अझै केही वर्ष खेलाडीको भूमिकामा सक्रिय रहन चाहन्छन् धोनी
काठमाडौँ । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीको खेलजीवन उत्तरार्धतिर छ । उनले छिट्टै नै ब्यवसायिक खेलजीवनबाट पनि सन्न्यास लिने अनुमान धेरैले गर्दै आएका छन् । उनी उमेरले पनि ४३ वर्ष पुगिसकेका छन् ।
विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करणमा पनि उनको उपस्थितिलाई लिएर विभिन्न अनमान लगाइँदै आएको छ । आईपीएलको मेगा अक्सनअघि धोनीलाई लिएर पनि धोनी चर्चामा छन् ।
तर, धोनी आफैले भने आफू अझै केही वर्ष खेलमा रमाउन इच्छुक रहेको बताएका छन् । ‘म अझ केही वर्ष खेलाडीकै भूमिकामा क्रिकेटमा रमाउन चाहन्छु,’ उनले हालै सञ्चारकर्मीसँगको कुराकानीमा भनेका छन् ।
आईपीएलको मेगा अक्सनअघि चेन्नई सुपर किङ्सका प्रमुख कार्यकारी अधिकृत कासी विश्वनाथनले पनि धोनी टोलीमा रहने संकेत गरेका छन् । ‘आगामी सिजन पनि धोनी हामीसँगै रहने छन् भन्नेमा म आशावादी छु,’ उनले गत साता भनेका थिए ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आगामी आईपीएलका लागि खेलाडी रिलिज र रिटेन गर्न अक्टोबर ३१ तारिखसम्मको समय निर्धारण गरेको छ । यसपटक धोनी ‘अनक्याप्ड’ खेलाडीका रुपमा आईपीएल क्लबमा आबद्ध हुन पनि योग्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण