तिहारलाई लक्षित गर्दै चाँदीका सिक्का बिक्री सुरु, तस्बिरहरू

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस) लाई लक्षित गर्दै चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गरेको छ । राष्ट्र बैंक टक्सार महाशाखाले सिक्का बिक्री सुरु गरेको हो । राष्ट्र बैंकले चाँदीको सिक्का १० ग्राम र २५ ग्रामको बिक्रीमा ल्याएको छ ।
राष्ट्र बैङ्कले यसपटक चाँदीको सिक्का तथा मेडालिनको मूल्य बढाएको छ । बजारमा सुनचाँदीको मूल्य बढ्दै गएपछि राष्ट्र बैङ्कले यस्तो धातुबाट बनेका यस्ता सिक्काहरूको मूल्य बढाएको हो । संशोधित दरमा ७.८९ प्रतिशतदेखि ११.११ प्रतिशतसम्म मूल्य वृद्धि भएको छ ।
बैंकको टक्सार महाशाखा यसअघि ४ हजार ५ सय रुपैयाँमा बिक्री गर्दै आएको २५ ग्रामको गाई मेडालियन, गुरु नानक २५००, सत्यमोहन जोशी २५००, धितोपत्र बोर्ड २५०० को मूल्य ५ हजार रुपैयाँ पुर्याएको छ । १० ग्रामको लक्ष्मी मेडालियन, गणेश मेडालियन, जगलक्ष्मी, गाई मेडालियन सत्यमोहन जोशी १००० नामक मेडालियनको मूल्य १ हजार ८ सयबाट रुपैयाँबाट २ हजार रुपैयाँ पुर्याएको छ ।
त्यस्तै, १५ ग्रामको टक्सार यान्त्रिकीकरणको मूल्य ३ हजार ८ सय रुपैयाँबाट चार हजार १ सय, ३१.१०३ ग्रामको राज्यारोहण १ ओजेड ७ हजार ३ सय रुपैयाँबाट ७ हजार ९ सय ५० रुपैयाँ, २५ ग्रामको सार्क प्रुफ सिक्का ६ हजार ५ सयबाट ७ हजार रुपैयाँ, ३१.१ ग्रामको श्री ५ ज्ञानेन्द्र राज्यारोहणको ७ हजार २ सय बाट ७ हजार ८ सय ५० पुर्याइएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्याङ्जाको चराङमा स्याउ उत्पादन
-
न्युजिल्यान्ड क्रिकेट बोर्डले केन्द्रीय सम्झौतामा समेट्यो चार नयाँ खेलाडी
-
‘चीनको आलोचना गरेको होइन, तर भारतसँगको सम्बन्धमा हामीले बढी जोड दिनुपर्छ’
-
उच्चले मगायो महिमानलाई धरौटीमा छाड्ने काठमाडौँ जिल्ला अदालतको आदेशको कैफियत प्रतिवेदन
-
सुदूरपश्चिम लगानी सम्मेलनको पूर्व तयारी बैठकलाई मन्त्री राणाले सम्बोधन गर्ने
-
माओवादी मधेस संसदीय दलका नेता साहद्वारा पदबाट राजीनामा