राज्य व्यवस्था समिति बैठक
रवि लामिछानेको मुद्दामा निष्पक्ष र न्यायसङ्गत छानबिन होस् : सांसद कार्की
सोमबार, १२ कात्तिक २०८१, १३ : ५८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद चन्दा कार्की भण्डारीले आफ्नो पार्टीले न्यायालयलाई प्रभावित पार्न नखोजिएको बताएकी छन् । सोमबार राज्यव्यवस्था समिति बैठकमा बोल्दै उनले पार्टी सभापति रवि लामिछानेको मुद्दा र आन्दोलनप्रति इङ्गित गर्दै सो कुरा बताएकी हुन्
सांसद कार्कीले भनिन्– ‘रास्वपाले न्यायालयलाई प्रभावित गर्न खोजेको होइन । १२ लाख नेपालीले पत्याएको दलको शुभचिन्तक भेला भएर चिन्तन गर्नु सामान्य हो । रवि लामिछानेको मुद्दा अदालतमा पुगेको छैन । अहिले प्रहरीमा मात्र पुगेको हो । हामीले आन्दोलन गलत मनसायले गरेको हैन ।’
उनले लामिछानेलाई न्याय दिन र थुना बाहिर राखेर अनुसन्धान गर्न गृहमन्त्रीसँग अनुरोध समेत गरिन् । उनले भनिन्ः ‘रबि लामिछानेको मुद्दामा निष्पक्ष र न्यायसङ्गत छानबिन होस् । प्रमाणको आधारमा गृहले काम गरोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण