दक्षिण अफ्रिका भ्रमणमा भारतीय टोलीको प्रशिक्षक भीभीएस लक्ष्मण
काठमाडौँ । भारतीय क्रिकेट टोलीले घरेलु मैदानमा हालै सम्पन्न न्युजिल्यान्डविरुद्धको दुई टेस्टको शृंखला नमिठो हार भोगेको थियो । भारतीय टोली शृंखलाको दुवै खेलमा पराजित भएको थियो । भारतले घरेलु मैदानमा १८ वर्षपछि टेस्ट शृंखला गुमाएको हो ।
निकट भविष्यमा भारतीय टोली दक्षिण अफ्रिका भ्रमणमा जाँदैछ । दक्षिण अफ्रिका भ्रमणका क्रममा भारतले चार खेलको टी–२० शृंखला खेल्नेछ । उक्त शृंखलाका लागि भारतीय टोलीको प्रशिक्षक परिवर्तन गरिएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले दक्षिण अफ्रिका भ्रमणका लागि भीभीएस लक्ष्मणलाई प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ । भीभीएस लक्ष्मण भारतीय क्रिकेट टोलीका पूर्वब्याट्सम्यान पनि हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार, निकट भविष्यमा हुने बोर्डर–गावस्कर ट्रफीलाई ध्यानमा राखी बीसीसीआईले यस्तो निर्णय लिएको हो । बोर्डर–गावस्कर टेस्ट शृंखलामा भने गम्भीरले नै प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गर्ने बताइएको छ । भारत र दक्षिण अफ्रिकाबिचको टी–२० शृंखला नोभेम्बर ८ तारिखदेखि सुरु हुनेछ । शृंखलाको अन्तिम खेल नोभेम्बर १५ तारिखमा खेलिने छ ।
दक्षिण अफ्रिका भ्रमणका लागि घोषित भारतीय टोलीमा सूर्यकुमार यादब (कप्तान), अभिषेक शर्मा, संजु सामसन (विकेटकिपर), रिंकु सिंह, तिलक वर्मा, जितेश शर्मा (विकेटकिपर), हार्दिक पाण्ड्या, अक्षर पटेल, रमनदीप सिंह, वरुण चक्रवर्ती, रवि बिस्नोई, अर्शदीप सिंह, विजयकुमार विशक, आवेश खान र यश दयाल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण