संविधानका राम्रा पक्षलाई सँगै लिएर हिँड्ने कसम खानुपर्ने समय आयो : बार अध्यक्ष घिमिरे
काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संविधानका राम्रा पक्षहरूलाई सँगै लिएर हिँड्नुपर्ने बताएका छन् ।केहीले संविधान च्याप्नुपर्छ समेत भन्ने गरेको उल्लेख गर्दै उनले संविधानका राम्रा पक्षलाई सँगै लिएर अघि बढ्नका लागि सबै पक्षले कसम खाएर अघि बढ्नुपर्ने बताएका हुन् ।
अध्यक्ष घिमिरेले संविधान परिवर्तनीय दस्ताबेज भएकाले त्यसमा रहेका कमीकमजोरीलाई केलाएर परिमार्जन गर्नुपर्दछ भन्ने दृष्टिकोण आफूहरूले अघि सारेको पनि स्पष्ट पारे । ठुलो द्वन्द्वका बिच वर्तमान संविधान निर्माणमा गरिएको र त्यसको नेतृत्व स्वर्गीय सुवास नेम्वाङले गरेको उनको भनाई थियो ।
सोमबार सर्वोच्च अदालत बार एसोसिएसनले प्रकाशित गरेको स्मृतिमा सुवास नेम्वाङ स्मृति ग्रन्थ लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष घिमिरेले नेम्वाङको समझदार व्यक्तित्वको जति चर्चा गरेपनि कमै हुने बताए ।
अध्यक्ष घिमिरेले संविधानमा देखिएको कमी हटाउनका लागि यसका प्रावधानहरू केलाएर हेर्नुपर्ने आवश्यकता पनि औँल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण