औद्योगिक क्षेत्र व्यवस्थापनका लागि लोकसेवाले लिएको परीक्षाको नतिजा सार्वजनिक, अन्तरवार्ताको मिति तय
मङ्गलबार, १३ कात्तिक २०८१, ०८ : २७
काठमाडौँ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको लागि लोक सेवा आयोगबाट सञ्चालन गरिएको लिखित प्रतियोगितात्मक परीक्षामाको नतिजा सार्वजनिक गरिएको छ । पास भएका उम्मेदवारका लागि अन्तरवार्ताको मिति तय गरिएको छ ।
छनोट भएका उम्मेदवारहरूको कम्प्युटर सीप परीक्षण परीक्षा र अन्तर्वार्ताको मिति समेत तय भएको लिमिटेडले जनाएको छ ।
अन्तर्वार्ता दिन आउँदा हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति, आवश्यक न्यूनतम शैक्षिक योग्यताका प्रमाणपत्रहरूको सक्कल सहित २ –२ प्रति प्रतिलिपि, दरखास्त फाराम २–२ प्रति भरी प्रवेश पत्र लिई तोकिएको समय भन्दा एक घण्टा अगावै उपस्थित हुनु पर्ने सूचनामा उल्लेख छ ।
कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ताको दिन सार्वजनिक बिदा पर्न गएमा पनि उक्त कार्यक्रम यथावत् सञ्चालन हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण