कलाकार संघद्वारा बाढीपहिरो पीडित परिवारलाई कम्बल वितरण
काठमाडौँ । नेपाल चलचित्र कलाकार संघले बाढीपहिरो पीडित परिवारलाई नजिकिँदै गरेको जाडोका लागि कम्बल वितरण गरेको छ । संघले ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ का पीडित परिवारलाई ८५ थान कम्बल वितरण गरेको हो ।
असोजको दोस्रो साता आएको लगातार केही दिनको वर्षाले काठमाडौँ, ललितपुरलगायतका देशका केही स्थानमा नोक्सानी पुर्याएको छ ।
नेपाल कलाकार संघ अमेरिका शाखा अध्यक्ष दिनेश कार्कीसहितको टिमले कम्बल खरिद गर्न पठाएको सहयोग संघका महासचिव सविन श्रेष्ठको समन्वयनमा कम्बल वितरण गरिएको हो ।
कार्यक्रममा संघका अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष रविन्द्र खड्का, सचिव रामेश्वर बुर्लाकोटी, सह–कोषध्यक्ष पवित्रा आचार्य, सदस्य पुकार भट्टराई, गोपाल ढकाल छन्दे लगायत राहत वितरणमा खटिएका थिए ।
संघ सदैव सामाजिक काममा सक्रिय रहँदै आएको छ र, सोही अनुरूप बाढीपहिरो पीडित परिवारलाई कम्बल वितरण गरिएको सविच बुर्लाकोटीले बताए ।
संघ कलाकारहरूको हकअधिकारका लागि मात्र हैन आगामी दिनमा समेत समाजसँग नजिक रहेर सामाजिक काममा हातेमालो गर्ने अध्यक्ष निरौलाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण