चौबिस फरार प्रतिवादी पक्राउ
मङ्गलबार, १३ कात्तिक २०८१, १५ : ३१
सप्तरी । विभिन्न मुद्दामा फरार २४ प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी टोलीले सोमबार उनीहरूलाई पक्राउ गरेको हो ।
वारदात पश्चात् फरार रहेका ती प्रतिवादीलाई तिहारको मौकामा गाउँघरबाटै पक्राउ गरिएको प्रहरी उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए । उनकाअनुसार पक्राउ पर्नेमा चोरी, लेनदेन, कुटपिट, जालसाजी र लागु औषध कसुरका प्रतिवादी छन् ।
अदालतले रु पाँच जरिवानादेखि सात दिन कैदसम्म भुक्तानी गर्न बाँकी रहेका प्रतिवादीसमेत पक्राउ परेको प्रहरी उपरीक्षक बस्नेतले बताए ।
त्यसैगरी राजविराज नगरपालिका–६ सखडा रोडबाट रु तीन लाख नौ हजार छ सय ९५ को भन्सार छली गरेको कपडासहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रूपनी गाउँपालिका–५ का २६ वर्षीय चुनचुन यादव र राजगढ गाउँपालिका–२का २८ वर्षीय सञ्जय साह छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि भरी सिलिण्डर ग्यास पाइने
-
स्वास्थ्यका लागि उसिनेको कि भिजाएको चना उत्तम ?
-
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण
-
अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण