कपिलवस्तुमा बसको ठक्करबाट दुई जनाको मृत्यु
मङ्गलबार, १३ कात्तिक २०८१, १९ : ३८

बुटवल । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बुद्धभुमी नगरपालिका–२ पुरेनामा गोरुसिङ्गेबाट पुरेनातर्फ जाँदै गरेको लु१ख ९०९२ नम्बरको स्कुल बस र उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको लु६६प ४८७५ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएका थिए ।
उक्त घटनामा परी सोही नगरपालिका–३ घन्चौराका पवन थापा र वडा नम्बर ४ बुड्ढीका मनिस थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रातृसंस्थाबारे सभापति र महामन्त्री थापा दुईतिर
-
सेयर बजारमा सामान्य सुधार, कारोबार रकम १३ अर्ब नाघ्यो
-
आगामी बजेट सकारात्मक भएपनि कार्यान्वयनमा चुनौती : भगवती चौधरी
-
‘बाढीले क्षति पुगेका आयोजनाहरू पुनर्निर्माणका लागि बजेट विनियाेजन गरिएन’
-
एनएमबि बैंकद्वारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
-
अमेरिकामा गोलीबारी, आठ महिनाको बालकसहित तीन जनाको मृत्यु