नारायणहिटी गेट अगाडि काग सम्मेलन गर्दै दुलाल
काठमाडौँ । काग तिहारको अवसरमा बुधवार बिहान ‘२१औँ काग सम्मेलन’ गर्न लागिएको छ । विभिन्न जीवजन्तुको दुरुस्त आवाज निकाल्न पोख्त कलाकार रमेश दुलाल (कागे)ले उक्त सम्मेलन गर्न लागेका हुन् ।
राष्ट्रिय संगीतकर्मी संघ, केन्द्रीय समिति तथा ग्रीनसिटी अस्पताल बसुन्धाराको सहआयोजनामा हुन लागेको सम्मेलन बुधवार बिहान साढे ५ बजेका लागि तय भएको दुलालले बताए । उनका अनुसार नारायणहिटीको दक्षिणी गेट नजिक हुने उक्त सम्मेलनमा कागको दुरुस्त आवाज निकालेर सयौँ कागलाई भेला पार्ने लक्ष्य लिइएको छ ।
‘विगत वर्षमा झैँ यो वर्षपनि सम्मेलन गरेर कागलाई भेला गराउन लागिएको छ । यो मेरो २१ औँ काग सम्मेलन हो’, दुलालले भने।
‘कागसँग उसको भाषा बुझेर बोल्नुपर्छ। कागलाई बोलाउँदा मलाई आपत पर्यो भन्दै सहयोग माग्नुपर्छ अनि काग आफूतिर आँउछन्’ उनले थपे ।
कागतिहारको दिन दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय परम्परा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण