रोनाल्डो पेनाल्टीमा चुक्दा अल नासर बाहिरियो
रियाद । खेलको इन्जुरी समयमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले पेनाल्टीबाट बराबरी गर्ने अवसर गुमाउँदा अल नासर किंग्स कपको अन्तिम १६ बाट नै बाहिरिएको छ । मंगलबार राति भएको खेलमा टोली अल तावुनसँग ०–१ गोलले पराजित भएको हो ।
खेलको ९६ औँ मिनेटमा रोनाल्डो पेनाल्टीलाई गोलमा परिणत गर्नबाट चुकेका थिए । पोर्चुगिज सुपरस्टारको प्रहार पोस्टमाथिबाट बाहिरिएको थियो ।
यसअघि खेलको ७१ औँ मिनेटमा वालिद अल–अहमदले गोल गर्दै घरेलु टोलीलाई स्तब्ध बनाएका थिए । पछि उनले नै अल नासरका मोहम्मद मारानलाई लडाएपछि टोलीले पेनाल्टी पाएको थियो । जसको फाइदा रोनाल्डोले उठाउन सकेनन् ।
यसअघि ३९ वर्षीय खेलाडीले फ्रिकिकबाट गोलका लागि प्रयास गरेका थिए । तर, अल तावुनका गोलकिपरले त्यसलाई बचाएका थिए ।
रोनाल्डोको ध्यान अब साउदी प्रो लिगमा हुनेछ । अल नासरले शुक्रबार लिगको शीर्ष स्थानमा रहेको अल हिलालको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण