आज फुटबल हेर्न रंगशाला जाँदै हुनुहुन्छ ? लिपिस्टिकदेखि छातासम्म लैजान नपाइने
बुधबार, १४ कात्तिक २०८१, १५ : ३३
काठमाडौँ । बुधबार साँझ हुने तय भएको साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न जाने दर्शकलाई दशरथ रंगशालामा कडाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले रंगशालाभित्र बर्जित गरिएका वस्तुहरूको सूची सार्वजनिक गरेको छ ।
नेपाल र बंगलादेशबिच हुने फाइनल खेल हेर्न जाँदा बन्दुक, छुरा तथा अन्य कुनै पनि धारिलो हातहतियार वा औजार लैजान पाइने छैन ।
यस्तै चुरोट, लाइटर, सलाई, नशालु पदार्थ, ठुलो झोला, हेल्मेट, बिना अनुमतिका ब्यानर, झन्डा, पोस्टर, पानीका बोतल, लेजर लाइट, छाता, लिपिस्टिक, नेलकटर, कैँची जस्ता वस्तुहरू लैजान नपाइने एन्फाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण