भूमि आयोगका पदाधिकारीले लिए भूमि व्यवस्थामन्त्री अधिकारीबाट शपथ
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले नवनियुक्त भूमि समस्या समाधान आयोगका पदाधिकारीलाई शपथग्रहण गराएका छन् । बुधवार मन्त्रालयमा आयोजित शपथग्रहण कार्यक्रममा मन्त्री अधिकारीले आयोगका नवनियुक्त अध्यक्ष हरिप्रसाद रिजाल (प्युठान), उपाध्यक्ष सनतकुमार कार्की ( जाजरकोट) लगायतका ८ जना पदाधिकारीलाई शपथग्रहण गराएका हुन् ।
उक्त कार्यक्रममा मन्त्री अधिकारीले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउँदै भूमि समस्यालाई दीर्घकालिन रुपमा समाधानका लागि शुभकामनासहित निर्देशन दिए ।
आयोगका नवनियुक्त अध्यक्ष हरिप्रसाद रिजालले सरकारले विश्वास गरेर दिएको जिम्मेवारी इमानदारीपूर्वक पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रचलित ऐन कानुनको जगमा टेकेर संस्थागत सुशासन कायम गर्दै अबको ६ महिनाभित्र १ लाख भन्दा बढी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध लालपुर्जा उपलब्ध गराउने कार्ययोजनासहित कार्य गर्ने योजना रहेको बताए । आयोगलाई थप व्यस्थित र क्रियाशील बनाई तोकिएको समयावधिभित्रै समस्याको समाधान गर्ने प्रतिबद्धता जनाए ।
मङ्गलवार बसेको नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले भूमि समस्या समाधान आयोग गठन गर्ने निर्णय गरेको थियो । नवनियुक्त आयोगमा विज्ञ सदस्यमा सिन्धुपाल्चोकका जगत बस्नेत र कैलालीका टेकबहादुर शाह, अन्य सदस्यमा दार्चुला गोवर्द्धन कोली, महोत्तरीका गुञ्जबहादुर खड्का, झापाका अनिलकृष्ण प्रसाईँ र तनहुँका आरती भण्डारी रहेका छन् । भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ अनुसार आयोगका अध्यक्ष, उपाध्यक्ष एवम् सदस्यको पदावधि ३ वर्ष रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण