राष्ट्रिय एकतालाई बलियो बनाउनेमा सबैको ध्येय छ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकतालाई अझ बढी बलियो बनाउनेमा सबैको ध्येय रहेको बताएका छन् ।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले बिहीबार प्रचण्ड निवास खुमलटारमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा प्रचण्डले कलाकार, पत्रकार सबैको ध्येय राष्ट्रिय एकतालाई अझ बढी बलियो बनाउनेमा रहेको बताएका हुन् ।
प्रचण्डले राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्दै नेपाली जनताको उज्ज्वल भविष्यका लागि सबै एक हुनुपर्ने बताए । उनले आफू शान्ति प्रक्रियामा आएदेखि नै कला र खेलकुदको क्षेत्रलाई उच्च प्राथमिकता दिँदै आएको धारणा राखे । कला संस्कृतिको जगेर्ना नगरीकन राष्ट्रको अस्मिताको जगेर्ना हुन नसक्ने उनको भनाइ छ ।
प्रचण्डले तिहारका अवसरमा देश र विदेशमा रहेका नेपालीप्रति शुभकामना व्यक्त गरे । कार्यक्रममा कलाकारहरूले देउसी भैलो खेल्दै सांस्कृतिक प्रस्तुति देखाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण