चीनले बनायो चन्द्रमामा प्रयोग गर्न मिल्ने इट्टा
बेइजिङ । चिनियाँ वैज्ञानिकहरूले चन्द्रमामा प्रयोग गर्न सकिने इट्टा बनाएका छन् । यी इट्टालाई निकट भविष्यमा चन्द्रमाको सतहमा पहिलो आधार र घर बनाउन प्रयोग गर्ने आशा गरिएको छ ।
चन्द्रमामा मानव बस्ती बसाल्नेबारे चीनले ठुलै योजना बनाएको छ । यो कुरा कसैसँग पनि छिपेको छैन । यो वर्षको सुरुमा चीन चन्द्रमाको अँध्यारो हिस्सामा अनुसन्धान गरेर त्यहाँको बहुमूल्य माटोको नमुना ल्याउने पहिलो देश बनेको थियो ।
चीनले अब चन्द्रमामा मान्छे पठाउने खोजेको छ । तर योभन्दा अघि नै उसले त्यहाँ आधार र अन्य संरचना बनाउने योजना सुरु गरिसकेको छ । चीनले यी इट्टालाई आगामी वर्षको अन्त्यमा परीक्षणका लागि चन्द्रमामा पठाउनेछ ।
यो इट्टा हुआचोङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा रहेको नेशनल डिजिटल टेक्नोलोजी इनोभेशन सेन्टरका विज्ञहरूको टोलीले बनाएको हो । यी इट्टाको संरचना एसेम्बल गर्न सजिलो हुने गरी बनाइएको छ ।
यी इट्टा साधारण इट्टाको तुलनामा तीन गुण बढी बलियो छ । अर्थात् एक वर्ग सेमीमा यसले एक टनभन्दा बढीको तौल भार सहन सक्छ । यो इट्टाले चन्द्रमामा पर्ने ब्रहाण्डीय विकिरणको प्रभाव सहन सक्छ कि सक्दैन भनेर पनि हेरिनेछ ।
चीनले तियानचाउ–८ कार्गो अन्तरिक्षयानमा यी इट्टालाई चन्द्रमामा पठाउनेछ । त्यसअघि भने इट्टा चन्द्रमामा संरचना निर्माणका लागि सुहाउँदो छन् कि छैनन् भन्ने पत्ता लगाउन यसमाथि व्यापक परीक्षण गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण