नेपाल हङकङ सिक्सेसको क्वार्टरफाइनलमा प्रवेश
शुक्रबार, १६ कात्तिक २०८१, १५ : ५८
काठमाडौँ । नेपाल हङकङ सिक्सेस क्रिकेटको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । हङकङमा जारी द हङकङ सिक्सेस प्रतियोगितामा नेपाल एक खेल अघि क्वार्टरफाइनल प्रवेश गरेको हो ।
समूह बी अन्तर्गत अष्ट्रेलियाले इंगल्याण्डलाई पराजित गरेपछि नेपाल समूहको अन्तिम खेलअघि क्वार्टरफाइनलमा प्रवेश भएको छ ।
अष्ट्रेलियाले दिएको १४८ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्डले निर्धारित ६ ओभरमा ११३ रन बनायो ।
यसअघि शुक्रबार बिहान भएको खेलमा नेपालले इङ्ग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो । इंगल्याण्ड लगातार दुई खेल हार्दै समूह चरणबाटै बाहिरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण