चाडपर्वबाट आपसी एकता र राष्ट्रिय भावना जागृत : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालभित्र मनाइने विभिन्न चाडपर्वले जनताका बिचमा आपसी एकता, सामाजिक सद्भाव र सहिष्णुता कायम गर्दै राष्ट्रिय भावना जागृत गर्न विशिष्ट योगदान पुर्याउँदै आएका बताएका छन् ।
दीपावली, नेपाल संवत् ११४५, छठ, फाल्गुनानन्द जयन्ती, गुरु नानक जयन्तीलगायतका पर्वका अवसरमा आज शुभकामना दिँदै उनले विविधतायुक्त सांस्कृतिक ऐक्यबद्धता नेपालीहरूको मौलिक पहिचानका रूपमा रहेको बताएका हुन् ।
पूर्वप्रधानमन्त्री दाहालले सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताको संरक्षण र विकास मुलुकको समृद्धिका आधारका रूपमा रहेको स्पष्ट पारे । यस वर्ष बाढीपहिरोका कारण मुलुकले ठुलो जनधनको क्षति बेहोर्नुपरेको उल्लेख गर्दै अध्यक्ष दाहालले सङ्कटको अवस्थाबाट सम्हालिँदै सबै नेपालीहरूले आफ्नो सांस्कृतिक पर्व मनाउने अवसरको सिर्जना होस् भनी कामना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखाका ग्रामीण क्षेत्रका मुख्य सडक अवरुद्ध
-
मनसुनजन्य विपद्को पूर्वतयारी चुस्त बनाउन स्थानीय तहलाई सरकारको परिपत्र
-
काठमाडौं महानगर क्षेत्रलाई निषेधित क्षेत्र बनाउने निर्णयको राप्रपाद्वारा कडा विरोध
-
बालाजु पौडी पोखरी सञ्चालनमा
-
शिवनाथमा उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीले छात्रवृत्ति पाउने
-
शरीरमा एक थोपा रगत भएसम्म देशका लागि लडिरहन्छौँ : राधिका शाक्य