नवलपरासीमा देउसी भैलोको गाडी दुर्घटना, १० जना घाइते
शनिबार, १७ कात्तिक २०८१, २० : २६
नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा देउसी भैलो खेल्ने समूह बोकेर हिँडेको गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन् । आज साँझ सुस्ता गाउँपालिका वडा नम्बर ३ बिगेपस्थित भित्री सडक खण्डमा लु ३ च ६०३२ नम्बरको पिकअप गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ ।
देउसी भैलो टोली बोकेर हिँडेको पिकअप गाडीले बाख्रालाई जोगाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
दुर्घटनामा परि १० जना घाइते भएका छन् । उनीहरूमध्ये ४ जनाको अवस्था मध्यम र ६ जनाको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।
घाइतेहरूलाई उपचारका लागि सहिद स्मृति अस्पताल चौपत्ता लगिएको छ । भ्यानमा २५ जना सवार रहेको प्रहरीले बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण