पुनरागमन गर्दै लिभरपुल शीर्ष स्थानमा
शनिबार, १७ कात्तिक २०८१, २३ : १३
एनफिल्ड । गोलले पछि परेको स्थिति उल्टाउँदै लिभरपुलले ब्राइटनविरुद्ध पुनरागमन जित हासिल गरेको छ । शनिबार प्रिमियर लिगमा २–१ को जितसँगै टोली अङ्क तालिकामा शीर्ष स्थानमा उक्लिएको हो ।
आर्सनल र म्यानचेस्टर सिटी स्तब्ध भएको दिनमा लिभरपुल पनि आफ्नै घरेलु मैदानमा खेलको १४ औँ मिनेटमा पछि परेको थियो । फेर्डी काडियोग्लुले पाहुना टोलीका लागि शानदार गोल गरे ।
पहिलो हाफमा पछि परे पनि लिभरपुल दोस्रो हाफमा भने खेलमा फर्कियो । ६९ औँ मिनेटमा कोडी गाक्पोले बराबरी गोल फर्काए । तीन मिनेटपछि मोहम्मद शालाहले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए ।
नयाँ म्यानेजेर अर्ने स्लटको नेतृत्वमा १५ मध्ये १३ खेल जितेको लिभरपुलले सिटीलाई दुई अङ्कले उछिनेको छ । १० खेलपछि लिभरपुलको २५ अङ्क छ । ब्राइटन भने १६ अंकसहित सातौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण