दुई कप्तानको शतक, होपमाथि लिभिङस्टोन हाबी
नर्थ साउन्ड । कप्तान लियाम लिभिङस्टोनको शानदार शतकको मद्दतले इंग्ल्याण्डले वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गरेको छ । योसँगै एकदिवसीय शृङ्खला १–१ को बराबरीमा पुगेको हो ।
इंग्ल्याण्डले ३ सय २९ रनको लक्ष्य १५ बल बाँकी छँदै पछ्यायो । लिभिङस्टोनले मात्र ८५ बलमा १ सय २४ रन जोडे । उनले आफ्नो इनिङ्समा ५ चौका र ९ छक्का प्रहार गरे ।
ओपनर फिल साल्टले ५९ बलमा ५९ रनको योगदान दिए । त्यस्तै, ज्याकब बेटेलले ५५ रन तथा साम करनले ५२ रन जोडे । वेस्ट इन्डिजका लागि म्याथ्यु फोर्डेले ३ विकेट लिए भने समार जोसेफ र रोस्टन चेसले १–१ विकेट हात पारे ।
यसअघि कप्तान साई होपको शतकको मद्दतले वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय २८ रन बनाएको थियो । होपले १ सय २७ बलमा १ सय १७ रन जोडे । उनले ८ चौका र ४ छक्का हिर्काए ।
केसी कार्टीले ७७ बलमा ७१ रन तथा सेरफाने रदरफोर्डले ३६ बलमा ५४ रन बनाए । इंग्ल्याण्डका लागि जोन टर्नर र आदिल रसिदले २–२ विकेट लिए । जोफ्रा आर्चर र लिभिङस्टोनले १–१ विकेट हात पारे ।
अब बुधबार बार्बेडोसमा हुने शृङ्खलाको तेस्रो र अन्तिम एकदिवसीय खेल निर्णायक हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण