भारतमा रहेका प्रवासी नेपालीहरूले धूमधामसँग मनाए तिहार
काठमाडौँ । भारतमा रहेका प्रवासी नेपालीहरूले धूमधामले देउसी, भैलो खेलेर नेपालीहरूको दोस्रो ठुलो पर्व तिहारको शुभकामना आदानप्रदान गरेका छन् । दिल्लीस्थित नेपाली राजदूतावासमा दिल्ली एनसीआरस्थित सयौँ प्रवासी नेपालीहरूको उपस्थितिमा विभिन्न प्रवासी संघ संस्थाहरूले देउसी भैलो खेलेका हुन् ।
नेपाली राजदूतावासका कार्यवाहक राजदूत डा सुरेन्द्र थापा पनि कार्यक्रममा सहभागी रहेका थिए । प्रवासमा रहेपछि कयौँ नेपालीहरू चाडपर्वलाई नेपालमा जस्तै नेपाली पारम्पराअनुसार मनाउन नपाउने भएकाले राजदूतावासले वर्षको एकदिन आउने चाडपर्वलाई प्रवासमा रहेका नेपालीहरूले पनि नेपालकै शैलीमा मनाउन पाउन भन्ने उद्देश्यका साथ यो देउसी भैलो कार्यक्रमको आयोजना गरेको थियो ।
समारोहमा भारतस्थित नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्र, मित्र मञ्च मानव कल्याण भारत, प्रवासी नेपाली संघ भारत, लालीगुराँस प्रवासी नेपाली सांस्कृतिक परिवार, प्रवासी नेपाली प्रेरणा समिति, नेपाली एकता समाज भारत, गोर्खा वेलफेयर एसोसिएसन, कानुन लाङ्घाली मगर समाज दिल्ली, प्रवास नेपाली जनकल्याण समिति दिल्ली, पर्वत समाज भारत, गुरुङ सेवा समिति, अखिल भारत नेपाली एकता मंच, नेपाल भारत मानव कल्याण समिति, श्री पशुपतिनाथ सोसाईटी, अखिल भारत प्रवासी नेपाली संघ, जनहित सांस्कृतिक परिवार दिल्ली र हाम्रो स्वाभिमान न्यास लगायतले राजदुतावासमा नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर देउसी भैलो खेलेका हुन् । समारोहपछि बोल्दै नेपाली राजदूतावासका शिक्षा तथा सांस्कृतिक काउन्सिलर गोकुल बस्नेतले चाडपर्वको माध्यमले नेपालीहरूबिच एकता फैलाउने उद्देश्यले दूतावासमा यस कार्यक्रमको आयोजना गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण