काबुलको ग्यास कारखानामा आगलागी हुँदा ६ जनाको मृत्यु
सोमबार, १९ कात्तिक २०८१, १० : १५
अफगानिस्तान । अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा ग्यास कारखानामा भएको आगलागीमा परी ६ जनाको ज्यान गएको छ । साथै अन्य नौ जना घाइते भएका छन् ।
काबुल शहरको पश्चिममा रहेको पघमान जिल्लाको काला–ए–हैदर खान क्षेत्रमा रहेको ग्यास कारखानामा आगलागी भएको हो । आन्तरिक मामिला मन्त्रालय अन्तर्गतको प्राकृतिक प्रकोप तथा अग्नि नियन्त्रक विभागका प्रमुख नुरल्लाह अन्सारले छ जनाको मृत्यु भएको र नौ जना घाइते भएको पुष्टि गरे।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको र आर्थिक क्षतिको विवरण भने नआएको स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
-
जडीबुटी भेलापछि विष्णु र शङ्कर उत्साहित, ओली बने आक्रोशित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण