नियामकीय व्यवस्था उल्लंघन गर्ने दुई वाणिज्य बैंकमाथि राष्ट्र बैंकको कारबाही
काठमाडौँ । नियामकीय व्यवस्था तथा निर्देशन विपरित काम गरेको भन्दै दुई वाणिज्य बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकलाई यस्तो गल्ती नदोहोर्याउन सचेत गराएको हो ।
इन्भेष्टमेन्ट बैंकले बैंक खाता खोल्दा तथा सञ्चालन गर्दा बैंकबाट पर्याप्त सावधानी अपनाएको नदेखिएकोले राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, गत आर्थिक वर्षको चौथो त्रैमासमा प्रभु बैंकले लकर रोक्का राख्न यस बैंकबाट दिइएको निर्देशन पालना नगरेको जनाइएको छ ।
यसअघि वित्तीय संस्था सुपरिवेक्षण विभागले सातववटा वित्तीय संस्थालाई केन्द्रीय बैंकको कारबाही गरेको जनाएको थियो । यसरी कारबाहीमा पर्नेहरूमा तीन विकास बैंक र चार फाइनान्स कम्पनी रहेका थिए ।
विकास बैंकतर्फ सिन्धु, साल्पा र मितेरी विकास बैंक र वित्त कम्पनीतर्फ जानकी, गोर्खाज, प्रोग्रेसिभ र रिलायन्स फाइनान्सले निर्देशन पालना नगरेको पाइएको केन्द्रीय बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
-
डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे
-
सुनसरी घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता
-
नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय
-
दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
-
सुनसरी घटना : प्रशासनले लगायो अनिश्चितकालीन कर्फ्यू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण