आइतबार, २१ वैशाख २०८२
ताजा लोकप्रिय

स्टेफन इस्किनाजी काठमाडौँ गुर्खाजमा

मङ्गलबार, २० कात्तिक २०८१, १९ : ४७
मङ्गलबार, २० कात्तिक २०८१

काठमाडौँ । इंग्लिस क्रिकेटर स्टेफन इस्किनाजी नेपाल प्रिमियर लिग (एनपीएल) का लागि काठमाडौँ गुर्खाजमा आबद्ध भएका छन् । काठमाडौँ स्पोर्टस डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमान्डु गुर्खाजले इंग्लिस क्रिकेटमा जमेका यी विकेटकिपर ब्याटरलाई लिएको हो ।

दक्षिण अफ्रिकामा जन्मेर अस्ट्रेलियामा हुर्किएका ३० वर्षे इस्किनाजीले मिडलसेक्सबाट इंग्लिस क्रिकेट काउन्टी खेल्दै आएका छन् । उनले ८८ प्रथम श्रेणीको क्रिकेटमा ९ शतकका साथ ४३ सय भन्दा बढी रन बनाएका छन् ।

ग्लोबल फ्रेन्चाइज लिगमा इस्किनाजीले आफूलाई आक्रामक खेलाडीको रूपमा प्रमाणित गरिसकेका छन् । द हन्ड्रेडमा उनको स्ट्राइक रेट १५१ माथि र भाइटालिटी ब्लास्टमा उनको स्ट्राइक रेट १ सय ४० माथिको रहेको छ । द हन्ड्रेडमा वेल्स फायरबाट खेल्दै इस्किनाजीले १० खेलमा २ सय ६६ र भाइटालिटी ब्लास्टमा ८७ खेलमा १ शतक र १८ शतकका साथ २५ सय भन्दामा बढी रन बनाएका छन् ।

‘स्टेफन इस्किनाजी आक्रामक खेलाडी हुन्, उनको आगमनको हामी प्रतीक्षामा छौँ । नेपाल प्रिमियर लिगमा उनको अनुभव र आक्रामक स्वभावको ब्याटिङ काठमाडौँ गुर्खाजलाई निकै उपयोगी हुने विश्वास हामीले लिएका छौँ । नेपालमा चिसो मौसम इंग्ल्यान्डका खेलाडीका लागि निकै सुहाउँदो हुने भएकाले हामी इस्किनाजी सफल हुने अपेक्षा हामीले गरेका छौँ,' काठमान्डु गुर्खाजका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले भने ।

इस्किनाजीले पर्थ स्कोरचर्सबाट बिग बासमा खेलेका छन् । उनले बिग बासको १३ खेलमा २ सय ५८ रन बनाएका छन् । उनीसँग यस बाहेक बंगलादेश प्रिमियर लिग र अवुधावी टी - १० लिगको पनि अनुभव छ । ‘काठमाडौँ गुर्खाजबाट टीयू क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग खेल्न निकै आतुर छु, काठमाडौँ जस्तो राम्रो सहरको टोलीबाट खेल्न पाउँदा म आफूलाई गौरवान्वित महसुस गर्दछु र एनपीएल खेल्न निकै उत्सुक छु । चाँडै तपाईँहरूसँग भेट्ने नै छु,' इस्किनाजीले भने ।

काठमाडौँ गुर्खाजले अनुबन्धन गरेको उनी तेस्रो विदेशी खेलाडी हुन् । नेदरल्यान्ड्सका ओपनर माइकल लेभिट र नामिबियाका कप्तान मर्वी जेर्राड इरसमसलाई गुर्खाजले यसअघि नै अनुबन्धन गरिसकेको छ ।

काठमान्डु गुर्खाजको 'मार्की' खेलाडीमा करण केसी रहेका छन् । अक्सनबाट गुर्खाजले शाहव आलम, भीम सार्की, रशिद खान, शंकर राना, कृष्ण कार्की, दीपेश कँडेल, सुमित महर्जन, राजु रिजाल, विवेक केसी र प्रतीक श्रेष्ठलाई लिएको थियो ।

तस्बिर स्रोत : इंग्ल्यान्ड क्रिकेट बोर्ड

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप