ट्रम्पले फ्लोरिडाबाट गरे मतदान
बुधबार, २१ कात्तिक २०८१, ०० : ५१
वासीङ्टन डीसी । राष्ट्रपति निर्वाचनमा प्रमुख प्रतिस्पर्धीकारुपमा रहेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाबाट मतदान गरेका छन् । उनले श्रीमती मेलानियासहित पाम बिचस्थित मन्डेल रिक्रिएसन सेन्टरमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
आफ्नो ट्रेडमार्क रातो क्याप लगाएर मतदान केन्द्र पुगेका ट्रम्पले मतदानपछि आफू यसपटक राष्ट्रपतिमा निर्वाचित हुनेमा धेरै विश्वस्त रहेको प्रतिक्रिया दिए । उनले मतदान केन्द्रहरूमा देखिएको मतदानको लामका कारण आफू उत्साहित भएको भन्दै खुसी व्यक्ति गरे ।
'मैले सुनेको छु कि हाम्रो धेरै राम्रो भइरहेको छ । म त विश्वस्त छु,' उनले भनेका छन् ।
राष्ट्रपतिका अर्का दाबेदार कमला ह्यारिसले भने यसअघि नै मतदान गरिसकेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण