स्पोर्टिङसँग सिटीको लज्जास्पद हार
लिस्बन । म्यानचेस्टर युनाइटेडका नयाँ म्यानेजर बन्न लागेका रुबेन आमोरिमको नेतृत्वमा पोर्चुगिज क्लब स्पोर्टिङ सीपीले प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमाथि शानदार जित हासिल गरेको छ । घरेलु मैदानमा आफ्नो अन्तिम खेलमा रुबेनले टोलीलाई च्याम्पियन्स लिगमा ४–१ को जित दिलाएका हुन् ।
सन् २०१८ को अप्रिल यता सिटीले लगातार तीन खेल हारेको यो पहिलो अवसर हो । सन् २०२० को सेप्टेम्बर यता टोलीले बेहोरेको सबैभन्दा ठुलो हार पनि हो ।
त्यस्तै, पेप ग्वार्डिओला सिटीमा रहँदा टोलीले लगातार तीन खेलमा हार बेहोरेको यो मात्र दोस्रो पटक थियो । निराश रात भोगेको सिटीका लागि स्टार स्ट्राइकर अर्लिङ हालान्डले समेत पेनाल्टीबाट गोल गर्न चुकेका थिए ।
खेलमा अग्रता भने सिटीले लिएको थियो । फिल फोडेनले खेलको चौथो मिनेटमा नै टोलीलाई अग्रता दिलाए । तर, स्कान्डेभियन सुपरस्टार भिक्टोर ग्योकेरेसले ३८ औँ मिनेटमा स्पोर्टिङका लागि बराबरी गोल फर्काए ।
दोस्रो हाफको सुरुवातमा नै म्याक्सिमिलानो अरुहोले स्पोर्टिङलाई अग्रता दिलाए । त्यसपछि ग्योकेरेसले पेनाल्टीबाट दुई गोल थप्दै आफ्नो ह्याट्रिक पुरा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण