अमेरिकी राष्ट्रपति निर्वाचन
अमेरिकी राष्ट्रपति निर्वाचन : धेरै राज्यहरूमा मतदान समाप्त
बुधबार, २१ कात्तिक २०८१, ०६ : ५५
वासिङ्टन । अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि मतदान जारी छ । तर, धेरै राज्यमा मतदान सकिएको छ । यस चुनावमा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबिच कडा प्रतिस्पर्धा छ ।
राष्ट्रपति चुनावअघिको सर्वेक्षणले कमला ह्यारिस र डोनाल्ड ट्रम्पबिच कडा प्रतिस्पर्धा देखाएको छ । अहिलेसम्मका महत्त्वपूर्ण अपडेटहरु जान्नुहोस्:
- केन्टकी, इन्डियाना, साउथ क्यारोलिना, भर्मन्ट, भर्जिनिया र महत्वपूर्ण युद्धभूमि राज्य जर्जियामा मतदान सकिएको छ जसले राष्ट्रपति चुनावको नतिजा तय गर्नेछ।
- कमला ह्यारिसका समर्थकहरू वासिङ्टन डीसीको हावर्ड विश्वविद्यालय बाहिर भेला भइरहेका छन्। कमला ह्यारिसले यही विश्वविद्यालयबाट अध्ययन गरेकी हुन् र आजको चुनावी रात्रि पार्टीको स्थल पनि त्यहीँ तय भएको छ ।
- डोनाल्ड ट्रम्पको चुनावी पार्टीको लागि मिडिया कार्यक्रम स्थलमा तयार छन्। समर्थक र राष्ट्रका नाममा सम्भावित सम्बोधनका लागि मञ्च बनाइएको छ ।
- प्रारम्भिक एक्जिट पोलमा सोधिएका करिब तीन चौथाइले अमेरिकामा प्रजातन्त्र "धेरै" वा "केही हदसम्म" खतरामा रहेको ठान्छन्। १० मध्ये ७ जना मतदाताले चुनावी नतिजासँग सम्बन्धित हिंसाको अनुमान गरेका छन्।
- प्रारम्भिक एक्जिट पोलका अनुसार यो निर्वाचनमा मतदाताका लागि लोकतन्त्र र अर्थतन्त्र सबैभन्दा ठुलो मुद्दा हो ।
- यसअघि पनि मतदानका क्रममा धेरै केन्द्रमा बमको धम्की आएको थियो । एफबीआईले यी धेरै धम्कीहरू "रुसी इमेल डोमेनहरूबाट आएको देखिन्छ।"
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण