अमेरिकी राष्ट्रपति निर्वाचन
नर्थ क्यारोलाइनामा कमलाभन्दा ट्रम्प अगाडि
बुधबार, २१ कात्तिक २०८१, ०८ : १८
वासिङ्टन डीसी । अमेरिकामा जारी राष्ट्रपति निर्वाचनको प्रारम्भिक रुझान अनुसार नर्थ क्यारोलाइनामा रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प अगाडि देखिएका छन् ।
अहिलेसम्म उक्त राज्यमा २६ प्रतिशत मात्र मतगणना भएको छ । यसमा ट्रम्पले कमलालाई उछिनेका छन् ।
२६ प्रतिशत मतको गणना गर्दा ट्रम्पले ५३ दशमलव ७ प्रतिशत मत पाएका छन् भने डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले ४५ दशमलव १ प्रतिशत मत प्राप्त गरेकी छिन् । साउथ क्यारोलाइनामा पनि ट्रम्पकै अग्रता छ । ताजा मत परिणामअनुसार समग्रमा ट्रम्प अगाडि छन् । ट्रम्पले १६२ इलेक्टोरल भोट ल्याउँदा ह्यारिसको पोल्टामा ३४ भोट मात्रै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण