कांग्रेसको स्थानीय तह उपनिर्वाचन समितिको बैठक बस्दै
बुधबार, २१ कात्तिक २०८१, ११ : ०८
काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिले बैठक बोलाएको छ । समिति सदस्य जीवन परियारले दिएको जानकारी अनुसार दिउँसो ३ बजेका लागि पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको हो ।
यो समिति पार्टी महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको छ । ‘दिउँसो ३ बजे बैठक बस्दैछौँ । स्थानीय तह उपनिर्वाचन हुने वडा तथा पालिकाहरूको स्थिति के छ भनेर छलफल हुन्छ र भावी रणनीति पनि बनाउने योजना रहेको छ‚’ सहमहामन्त्री परियारले भने ।
यहीँ मङ्सिर १६ गते स्थानीय तहको उपनिर्वाचन मिति घोषणा भएको छ । जसको तयारीमा दलहरू लागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण