इटालीका खेलाडी पनि आईपीएलको अक्सनमा !
काठमाडौँ । लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सन नोभेम्बर २४ र २५ तारिखमा साउदी अरेबियाको जेद्दामा आयोजना हुँदैछ । मेगा अक्सनका लागि विश्वभरका खेलाडीले आफ्नो नाम दर्ता गराइसकेका छन् ।
यसपटक मेगा अक्सनका लागि इटालीका एक खेलाडीले पनि आफ्नो नाम दर्ता गराएको समाचारमा जनाइएको छ । विश्व क्रिकेटमा इटाली खासै चर्चित नाम नभएकाले पनि यसलाई रोचक घटनाको रुपमा हेरिएको छ ।
इटालीको कुनै पनि खेलाडीले आईपीएलको मेगा अक्सनमा नाम दर्ता गराएको यो पहिलो पटक हो । मेगा अक्सनका लागि नाम दर्ता गराउने इटालीका खेलाडी थोमस ड्रेका हुन् । उनले हालसम्म इटालीका लागि केवल चारवटा टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् ।
यसका अतिरिक्त उनले ग्लोबल टी–२० क्यानडा लिग पनि खेलेका छन् । उनी तीव्र गतिका बलर हुन् । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुल आठ विकेट लिएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन नौ रन खर्चिएर तीन विकेट हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण