मतगणनाबिच ह्यारिसले रद्द गरिन् आफ्नो सम्बोधन
बुधबार, २१ कात्तिक २०८१, १२ : ३३
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा आउने क्रम जारी छ । यसैबिच डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले आज हुने भनिएको सम्बोधन रद्द गरेकी छिन् ।
कमला ह्यारिसको कार्यालय बाहिर ठुलो सङ्ख्यामा उनका समर्थकहरू जम्मा भएका थिए । तर ह्यारिसको चुनावी अभियानमा संलग्न एक वरिष्ठ सदस्यले ह्यारिस आज सम्बोधन गर्न नआउने बताएका छन् ।
ह्यारिसको कार्यालयबाहिर उनको सम्बोधन सुन्न पर्खिरहेका कार्यकर्ता निराश भएका छन् । मतगणना जारी छ । प्रारम्भिक रुझान अनुसार कमला ह्यारिसका तुलनामा उनको प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्प अगाडि छन् ।
ट्रम्पले उत्तरी क्यारोलिना र जर्जिया समेत गरी दुईवटा स्विङ स्टेट जितिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण