दुवै पटक महिला प्रतिस्पर्धीलाई पराजित गरे ट्रम्पले, जो बाइडेनसँग भएका थिए पराजित

वासिंटन । अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले जित हासिल गरेका छन् । उनको जितको औपचारिक घोषणा हुन भने बाँकी छ ।
ट्रम्प अमेरिकाको पूर्वराष्ट्रपति पनि हुन् । उनले २० जनवरी २०१७ देखि २० जनवरी २०२१ सम्म ४५ औँ राष्ट्रपतिका रूपमा कार्यभार सम्हालेका थिए । ४५ औँ राष्ट्रपतिका लागि सन् २०१६ मा भएको निर्वाचनमा ट्रम्पले डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका थिए ।
अमेरिकाको इतिहासमा अहिलेसम्म कुनै पनि महिला राष्ट्रपति पदमा पुग्न सकेका छैनन् । सन् २०१६ को निर्वाचनमा हिलारीका सामु उक्त इतिहास रच्ने अवसर थियो । तर ट्रम्पले उनलाई पराजित गरे ।
तर २०२० मा भएको निर्वाचनमा ट्रम्पले पुरुष प्रतिस्पर्धी पाए । त्यतिबेला डेमोक्रेटिक पार्टीबाट पूर्वउपराष्ट्रपति जो बाइडेन उम्मेदवार बने । बाइडेनले ट्रम्पलाई पराजित गर्दै ४६ औँ राष्ट्रपतिका रूपमा जिम्मेवारी सम्हाले ।
हालै सम्पन्न निर्वाचनमा भने ट्रम्पले पुनरागमन गर्दै ऐतिहासिक जित हासिल गरेका छन् । संयोगले यो पटक उनको प्रतिस्पर्धी महिला नै थिइन् । डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेकी उपराष्ट्रपति कमला ह्यारिस अन्ततः ट्रम्पसँग पराजित भइन् । ह्यारिसले पनि पहिलो महिला राष्ट्रपति बन्ने इतिहास रच्न सकिनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता
-
कात्तिक दोस्रो साता उपनिर्वाचन प्रस्ताव, आयोगले मिति घोषणा गर्ने
-
बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख