दुवै पटक महिला प्रतिस्पर्धीलाई पराजित गरे ट्रम्पले, जो बाइडेनसँग भएका थिए पराजित
वासिंटन । अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले जित हासिल गरेका छन् । उनको जितको औपचारिक घोषणा हुन भने बाँकी छ ।
ट्रम्प अमेरिकाको पूर्वराष्ट्रपति पनि हुन् । उनले २० जनवरी २०१७ देखि २० जनवरी २०२१ सम्म ४५ औँ राष्ट्रपतिका रूपमा कार्यभार सम्हालेका थिए । ४५ औँ राष्ट्रपतिका लागि सन् २०१६ मा भएको निर्वाचनमा ट्रम्पले डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका थिए ।
अमेरिकाको इतिहासमा अहिलेसम्म कुनै पनि महिला राष्ट्रपति पदमा पुग्न सकेका छैनन् । सन् २०१६ को निर्वाचनमा हिलारीका सामु उक्त इतिहास रच्ने अवसर थियो । तर ट्रम्पले उनलाई पराजित गरे ।
तर २०२० मा भएको निर्वाचनमा ट्रम्पले पुरुष प्रतिस्पर्धी पाए । त्यतिबेला डेमोक्रेटिक पार्टीबाट पूर्वउपराष्ट्रपति जो बाइडेन उम्मेदवार बने । बाइडेनले ट्रम्पलाई पराजित गर्दै ४६ औँ राष्ट्रपतिका रूपमा जिम्मेवारी सम्हाले ।
हालै सम्पन्न निर्वाचनमा भने ट्रम्पले पुनरागमन गर्दै ऐतिहासिक जित हासिल गरेका छन् । संयोगले यो पटक उनको प्रतिस्पर्धी महिला नै थिइन् । डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेकी उपराष्ट्रपति कमला ह्यारिस अन्ततः ट्रम्पसँग पराजित भइन् । ह्यारिसले पनि पहिलो महिला राष्ट्रपति बन्ने इतिहास रच्न सकिनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण