ट्रम्पलाई बधाई दिएनन् रुसी राष्ट्रपति पुटिनले
मस्को । अमेरिकाको राष्ट्रपति निर्वाचनमा आवश्यक इलेक्टोरल मततर्फ बहुमत हासिल गरेका डोनाल्ड ट्रम्पलाई विभिन्न मुलुकका राष्ट्रपति–प्रधानमन्त्रीले बधाई दिएका छन् । कतिपयले त मतगणना जारी रहँदै बधाई दिएका छन् ।
तर, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने ट्रम्पलाई बधाई दिएका छैनन् । रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेसकोभले ट्रम्पलाई बधाई दिने सम्बन्धमा रुसका राष्ट्रपति पुटिनले योजनासमेत नबनाएको प्रस्ट पारेका छन् ।
ट्रम्पले चाल्ने ठोस कदमका आधारमा उनको मूल्याङ्कन गरिने पेसकोभको भनाइ छ । उनले बुधबार भने, ‘ट्रम्पलाई बधाई दिने सम्बन्धमा राष्ट्रपति पुटिनले कुनै योजना बनाएको मलाई अहिलेसम्म थाहा छैन ।’
उनले अमेरिका प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुस विरुद्ध युद्धमा सामेल रहेको भन्दै यो तथ्यलाई नजरअन्दाज गर्न नमिल्ने पनि प्रस्ट पारे ।
अमेरिका रुसी हितको प्रतिकूल खडा भएको पेसकोभको भनाइ थियो । अमेरिकाले रुसमाथि आर्थिक प्रतिबन्ध लगाउनुका साथै युद्धमा युक्रेनको पक्षमा उभिएको जस्ता कारण पनि ऊप्रति रुसको सहानुभूति नरहने पेसकोभले बताए ।
पुटिन अमेरिकी नेता ट्रम्पसँग वार्ता गर्न इच्छुक छन् ? भनेर सोधिएको प्रश्नमा उनले रुसी अधिकारीसँग सम्पर्क स्थापित गर्न पहिलो कदम उठाउनेबारे सोधिरहन आवश्यक नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण