उपनिर्वाचनमा एकताबद्ध भएर परिचालन हुन कांग्रेसको निर्देशन
काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले आसन्न स्थानीय तहको उपनिर्वाचनमा पार्टीको उम्मेदवारलाई जिताउने गरी एकताबद्ध भएर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएको छ ।
पार्टीको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिले सो निर्वाचनमा पार्टी विजयी हुनेगरी परिचालन हुन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएको हो । पार्टी महामन्त्री एवं समितिका संयोजक विश्वप्रकाश शर्माको अध्यक्षतामा बुधबार पार्टी मुख्यालय सानेपामा बसेको बैठकले संयमताका साथ सम्पन्न गराउनका लागि हार्दिकता साथ प्रस्तुत हुन पनि सबै राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।
लोकतान्त्रिक पद्धतिप्रतिको आम नागरिकको विश्वासलाई अझै खँदिलो बनाउने गरी सो उपनिर्वाचनलाई हार्दिकताका साथ सम्पन्न गराउन बैठकले सबै राजनीतिक दलहरूलाई आग्रह पनि गरेको महामन्त्री शर्माले बताए ।
उनले भने, ‘म देशभरिका पार्टी पंक्तिलाई अपिल गर्न चाहन्छु, आग्रह गर्न चाहन्छु कि अत्यन्त संयमताका साथ, अत्यन्तै शालीनताका साथ, जिम्मेवारी बोधका साथ, परिपक्वताका साथ निर्वाचनको प्रतिस्पर्धामा सामेल बनौँ । यो निर्वाचन जित–हारको विषय मात्रै नभएर यो निर्वाचन कसरी सम्पन्न हुन्छ ? त्यसले हाम्रो राजनीतिको सन्दर्भमा एउटा सन्देश दिन्छ । त्यसैले प्रतिस्पर्धा तर उत्तिकै हार्दिकता, हार्दिक प्रतिस्पर्धा तर प्रतिस्पर्धी दलहरूसँगको, उम्मेदवारहरूसँगको उत्तिकै आवश्यक समन्वय यो बेलामा जरुरी छ ।’
महामन्त्री शर्माले उपनिर्वाचनमा आचारसंहिता विपरीतका गतिविधिहरू गर्ने, उत्तेजनात्मक अभिव्यक्तिहरू राख्ने कामले नागरिकको लोकतन्त्रप्रतिको भरोसा टुट्दै जाने भएकाले त्यस्ता खालका गतिविधि गर्न नहुने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण