अमेरिकी राष्ट्रपति निर्वाचन
ट्रम्पलाई ह्यारिसले दिइन् बधाई
बिहीबार, २२ कात्तिक २०८१, ०० : ५८

वासिङ्टन । उपराष्ट्रपति एवम् राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले अमेरिकाको नयाँ राष्ट्रपतिमा निर्वाचित भएकोमा डोनाल्ड ट्रम्पलाई बधाई दिएकी छन् ।
राष्ट्रपतिका लागि ट्रम्पसँग प्रतिष्पर्धामा रहेकी उपराष्ट्रपति ह्यारिसले आफू पराजित भएको स्वीकार गर्दै टेलिफोन गरेर ट्रम्पलाई बधाई दिएकी हुन् ।
ह्यारिसले राष्ट्रपति बनेका दोश्रो पटक राष्ट्रपति निर्वाचित भएका ट्रम्पलाई सबै अमेरिकी नागरिकहरूको राष्ट्रपति बन्न सुझावसहित बधाई दिएको उनका सहयोगीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।
उनले शान्तिपूर्णरुपमा चुनाव सम्पन्न भएको र सत्ता हस्तान्तरण भएकोमा समेत खुसी व्यक्त गरेकी थिइन् ।
उनका सहयोगीहरूका अनुसार ह्यारिसले बुधबारै हावर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन
-
नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा
-
हाजिर हुन दिलभूषणलाई प्रहरीको सार्वजनिक सूचना, कानुनले के भन्छ ?