अमेरिकी राष्ट्रपति निर्वाचन
ट्रम्पलाई ह्यारिसले दिइन् बधाई
बिहीबार, २२ कात्तिक २०८१, ०० : ५८
वासिङ्टन । उपराष्ट्रपति एवम् राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले अमेरिकाको नयाँ राष्ट्रपतिमा निर्वाचित भएकोमा डोनाल्ड ट्रम्पलाई बधाई दिएकी छन् ।
राष्ट्रपतिका लागि ट्रम्पसँग प्रतिष्पर्धामा रहेकी उपराष्ट्रपति ह्यारिसले आफू पराजित भएको स्वीकार गर्दै टेलिफोन गरेर ट्रम्पलाई बधाई दिएकी हुन् ।
ह्यारिसले राष्ट्रपति बनेका दोश्रो पटक राष्ट्रपति निर्वाचित भएका ट्रम्पलाई सबै अमेरिकी नागरिकहरूको राष्ट्रपति बन्न सुझावसहित बधाई दिएको उनका सहयोगीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।
उनले शान्तिपूर्णरुपमा चुनाव सम्पन्न भएको र सत्ता हस्तान्तरण भएकोमा समेत खुसी व्यक्त गरेकी थिइन् ।
उनका सहयोगीहरूका अनुसार ह्यारिसले बुधबारै हावर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण