च्याम्पियन्स लिग : आर्सनल र पीएसजी स्तब्ध
लण्डन । च्याम्पियन्स लिगमा यो सिजन आर्सनलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । बुधबार राति विवादास्पद पेनाल्टीसँगै प्रिमियर लिग टोली सान सिरोमा इन्टर मिलानसँग पराजित भएको हो ।
मिकेल मेरिनोले ह्यान्डबल गरेपछि पहिलो हाफको अन्त्यमा घरेलु टोलीले पेनाल्टी पाएको थियो । तर, ह्यान्ड बलबाट जोगिन उनीसँग विकल्प भने देखिएको थिएन ।
भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) ले जाँच गरेपछि पनि उक्त पेनाल्टीलाई सदर गरिएको थियो । हाकान कालहान्गलुले सो अवसरलाई सदुपयोग गर्दै इन्टरलाई अग्रता दिलाए । खेलमा अन्ततः यही गोल निर्णायक बन्यो ।
दोस्रो हाफमा आर्सनलले इन्टरमाथि दबाब बढाए पनि बराबरी गोल फर्काउन सकेन । गोलकिपर यान सोमरले काइ हाभर्टजको प्रहारको सुन्दर बचाऊ गरेका थिए । चार खेलमा पहिलो हार बेहोरेको आर्सनल १२ औँ स्थानमा सीमित बनेको छ । इन्टर भने १९ अङ्कसहित पाँचौँ स्थानमा छ ।

उता, पेरिस सेन्ट जर्मेन भने च्याम्पियन्स लिगका पछिल्ला तीन खेलमा जितविहीन रहेको छ । टोली बुधबार घरेलु मैदानमा नै एट्लेटिको मड्रिडसँग १–२ गोलले स्तब्ध बन्न पुग्यो ।
१४ औँ मिनेटमा युवा खेलाडी वारेन जाइर एमरीले पीएसजीलाई अग्रता दिलाएका थिए । तर, चार मिनेटपछि नै नाहुएल मोलिनाले स्पेनिस क्लबका लागि बराबरी गोल फर्काए ।
खेल बराबरीतर्फ अघि बढिरहँदा एन्जेल कोरेयाले इन्जुरी समयमा गोल गर्दै टोलीलाई जित दिलाए । जितपछि एट्लेटिको ६ अङ्कसहित २३ औँ स्थानमा रहेको छ । मात्र ४ अङ्क बटुलेको पीएसजी २५ औँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण