च्याम्पियन्स लिग : आर्सनल र पीएसजी स्तब्ध

लण्डन । च्याम्पियन्स लिगमा यो सिजन आर्सनलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । बुधबार राति विवादास्पद पेनाल्टीसँगै प्रिमियर लिग टोली सान सिरोमा इन्टर मिलानसँग पराजित भएको हो ।
मिकेल मेरिनोले ह्यान्डबल गरेपछि पहिलो हाफको अन्त्यमा घरेलु टोलीले पेनाल्टी पाएको थियो । तर, ह्यान्ड बलबाट जोगिन उनीसँग विकल्प भने देखिएको थिएन ।
भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) ले जाँच गरेपछि पनि उक्त पेनाल्टीलाई सदर गरिएको थियो । हाकान कालहान्गलुले सो अवसरलाई सदुपयोग गर्दै इन्टरलाई अग्रता दिलाए । खेलमा अन्ततः यही गोल निर्णायक बन्यो ।
दोस्रो हाफमा आर्सनलले इन्टरमाथि दबाब बढाए पनि बराबरी गोल फर्काउन सकेन । गोलकिपर यान सोमरले काइ हाभर्टजको प्रहारको सुन्दर बचाऊ गरेका थिए । चार खेलमा पहिलो हार बेहोरेको आर्सनल १२ औँ स्थानमा सीमित बनेको छ । इन्टर भने १९ अङ्कसहित पाँचौँ स्थानमा छ ।
उता, पेरिस सेन्ट जर्मेन भने च्याम्पियन्स लिगका पछिल्ला तीन खेलमा जितविहीन रहेको छ । टोली बुधबार घरेलु मैदानमा नै एट्लेटिको मड्रिडसँग १–२ गोलले स्तब्ध बन्न पुग्यो ।
१४ औँ मिनेटमा युवा खेलाडी वारेन जाइर एमरीले पीएसजीलाई अग्रता दिलाएका थिए । तर, चार मिनेटपछि नै नाहुएल मोलिनाले स्पेनिस क्लबका लागि बराबरी गोल फर्काए ।
खेल बराबरीतर्फ अघि बढिरहँदा एन्जेल कोरेयाले इन्जुरी समयमा गोल गर्दै टोलीलाई जित दिलाए । जितपछि एट्लेटिको ६ अङ्कसहित २३ औँ स्थानमा रहेको छ । मात्र ४ अङ्क बटुलेको पीएसजी २५ औँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह
-
१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म
-
पश्चिमबाट पूर्वतर्फ सर्दै बादल, ठाउँ ठाउँमा वर्षा
-
शाक्यको ‘करूणा’ माथि धुलिखेलमा विमर्श
-
कोहलीको रेकर्ड, सेफर्डको विस्फोटक ब्याटिङ : चेन्नईसामु विशाल लक्ष्य
-
नीति तथा कार्यक्रम प्रगतिशील, व्यावहारिक र जनमुखी भएको एमालेको निष्कर्ष