१६ वर्षभन्दा मुनिकालाई सामाजिक सञ्जालमा निषेध गर्दै अस्ट्रेलिया
क्यानबेरा । अस्ट्रेलियाले १६ वर्षभन्दा मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने भएको छ । त्यहाँको सरकारले यसको योजना बनाइरहेको हो ।
यससम्बन्धी प्रस्तावित कानुन आगामी हप्ता संसदमा पेश गरिने प्रधानमन्त्री एन्टोनी अल्बानिजले बताएका छन् । सामाजिक सञ्जालहरूले अस्ट्रेलियाका बालबालिकामा पार्ने नकारात्मक प्रभाव र हानी कम गर्न यो विधेयक ल्याउन लागिएको उनको भनाइ उद्धृत गर्दै बीबीसीले लेखेको छ ।
यो कानुन आमा र बुबाहरूका लागि भएको पनि उनले बताए । ‘म जस्तै गरी उनीहरू पनि अनलाइनमा आफ्नो छोराछोरीको सुरक्षाबारे निकै चिन्तित छन् । म चाहन्छु कि सरकार ढाडस बनेर उभिएको छ भन्ने अस्ट्रेलियाली परिवारले थाहा पाउन्,’ उनले भनेका छन् ।
कानुनका कयौँ विवरणहरूबारे छलफल हुन बाँकी नै छ । प्रतिबन्ध सामाजिक सञ्जालमा अहिले नै खाता बनाइसकेका केटाकेटीहरूमा लागू नहुने बताइएको छ ।
अभिभावकबाट स्वीकृति पाएर सामाजिक सञ्जाल खाता खोलेका केटाकेटीका लागि भने उमेरको सीमा हुने छैन । बालबालिकाहरूमा सामाजिक सञ्जालको पहुँचबारे आफूहरूले तर्कसङ्गत कदम चालिरहेका छौँ भन्ने जिम्मेवारी सामाजिक सञ्जालहरूको भएको सरकारको भनाइ छ । यस कानुनमा प्रयोगकर्ताहरूलाई दण्ड हुने छैन ।
तर कानुनको कार्यान्वयनको गर्ने जिम्मा अस्ट्रेलियाको अनलाइन नियामक ईसेफ्टी कमिस्नरको भएको अल्बानिजले बताएका छन् । विधेयक पारित भएको १२ महिनामा लागू हुनेछ । बेला बेलामा यसको समीक्षा पनि हुने बताइएको छ ।
सामाजिक सञ्जालले बालबालिकाको मानसिक स्वास्थ्यमा क्षति गर्छ भन्नेमा अधिकांश विज्ञहरू सहमत छन् । तर यसलाई पूरै निषेध नै गर्नु पर्छ भन्नेमा राय बाँडिएको पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा माघीको रौनक
-
१२ बजे, १२ समाचार : २५ जना प्रहरीको एसएसपी बढुवाका लागि सिफारिसदेखि रविको फेरि हिरासतकै बाससम्म
-
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
-
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
-
प्रहरीका २५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
-
बुटवलमा खाना महोत्सव तथा माघी मेला सुरु